मकवानपुर/  थाहा संचार नेटवर्ककी चर्चित सुमधुर स्वरकी धनी रेडियोकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन भएको छ।

शुक्रबार विहान पशुपति आर्यघाटमा श्रेष्ठको पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ।
त्रिवि शिक्षण अस्पतालको आइसियुमा एक सातादेखि उपचाररत श्रेष्ठको ४० वर्षको उमेरमा बिहीबार बेलुकी निधन भएको हो

सात वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि गत चैत ३० गते उपचामरका लागि लगिएको थियो ।

बिहीबार बेलुकी अचानक अक्सिजन घटेर श्वासप्रश्वासमा समस्या आएपछि निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

सञ्चार जगतमा मै समय खर्चेर चितवन र वीरगञ्जका लगायत विभिन्न रेडियोमा समेत काम गरेसंगै पछिल्लो डेढ दशकदेखि भने रेडियो थाहा संचार नेटवर्कमा २०६४ सालमा हेटौंडामा स्थापित रेडियो थाहा संचार ९९.६ मेगाहर्जमा आबद्ध रहेर २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा संचार नेटवर्क ९९.४ मेगाहर्जमा रहेर युवालक्षित कार्यक्रम निर्माण र संचालन गर्दै समाजमा रहेका बिभिन्न गतिबिधि झल्काउने कार्यक्रम पस्कदै लोकप्रिय कमाएकी छिन् ।

नेपाल पत्रकार महासंघ थाहा संचार प्रतिष्ठानकी राष्ट्रिय परिषद् सदस्यसमेत रहेकी श्रेष्ठको निधनले आफूहरू स्तब्ध भएको भन्दै
सञ्चारकर्मी, राजनीतिज्ञहरु देखि बिभिन्न व्यक्तीत्वहरुलेश्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

 

शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छन्।

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी