रोशन दिप   मकवानपुर / तेस्रो संस्करणको एकदिने ६ ए रिभर  साइट क्रिकेट प्रतियोगिता यही शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकामा हुँदैछ । रेड स्वाइल क्रिकेट क्लबले आज हेटौडामा सम्मेलनको आयोजना गर्दै भीमफेदी गाउँपालिकाको वडा–१ मा हुन लागेको प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

सबै खेलाडीहरुलाई मनोरञ्ना गराउने, प्राकृतिको वातारणको महोत्वबारे बुझाउने उद्देश्यले पिक्निकको ढंगबाट प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको संयोजक अनुप प्रसाद सेनुरियाले जानकारी दिएका छन् । प्रतियोगितामा विभिन्न व्यापार व्यावासी गर्ने व्याक्तिहरुले आफ्नो व्यावासी प्रर्वधनका लागि निशुल्क रुपमा व्यानरहरु पनि राख्न पाउने संयोजक सेनुरियाले बताए । लिग चरणमा संचालन हुने प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहने छ । प्रतियोगिता आयोजनाका लागि मकवानपुर जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगिताको उपाधि र उपविजेता टिमले नगर सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि टिम दर्ता शुल्कबाट सहयोग प्राप्त हुने जनाएको छ । गतवर्षको तुलनामा पुरस्कारको रकम बढाइने जनाएको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पक्षले जनाएको छ ।