Rato Samachar
Wed, 2 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार स्वास्थ्य

जनशक्ति अभावले उपचारमा सास्ती

महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका बिरामीलाई सघन उपचार गर्नपर्ने भएपछि सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले अन्यत्र रेफर गर्ने गरेको र बिरामीको बाटैमा मृत्यु हुने गरेका घटना बर्दिवास भेगमा बाक्लै हुने गरेका छन् । बढ्दो जनअसन्तोषको सम्बोधनका लागि गए साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट बर्दिवास अस्पतालले आइसियु भेन्टिलेटर उपकरण प्राप्त गरेको छ । यद्यपि भेन्टिलेटर प्रयोगमा नल्याइँदा यो सेवा प्रारम्भ हुन सकेको छैन । बर्दिवास अस्पतालले यसपालि प्राप्त गरेको भेन्टिलेटर पहिलोे भने होइन । यसअघि गत वर्ष कोभिड–१९ सङ्क्रमण निकै बढेका बेला विभिन्न संस्थाले प्रदान गरेका भेन्टिलेटर दक्ष प्राविधिकको अभाव तत्सम्बन्धी व्यवस्थापनको बेवास्ताले बर्दिवास अस्पतालमा त्यत्तिकै थन्केर रहेका छन् । बर्दिवास अस्पतालमा तीन भेन्टिलेटर भएका छन् । साधन थपिँदै गए पनि त्यसको प्रयोगमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन नगरिँदा आम सर्वसाधारणका लागि ती उपयोगविहिन बनेका बर्दिबास–१४ का बासिन्दा हरि दाहाल बताउनुहुन्छ । “ उपकरण प्रयोगमा ल्याउन तत्काल स्थानीय सरकारले पहलकदमी लिन प¥यो ।” तीन भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीनभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच नर्स आवश्यक पर्ने बर्दिवास अस्पतालका चिकित्सक बताउँछन् । यसको समुचित प्रयोगका लागि एनेस्थेसिया (बेहोस बनाउने विधि) को विज्ञ टोली नै चाहिने डा किशोर अधिकारी बताउनुहुन्छ । भेन्टिलेटर प्रयोगमा ल्याउन प्रयोगशालाको स्तरोन्नतिदेखि अनेकौं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने चिकित्सक बताउँछन् । सघन उपचार प्रारम्भ गर्न आवश्यक प्रबन्धबारे बर्दिवास नगरपालिका नेतृत्वसँग सम्वाद भईरहेको बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ । “यो उपचार सेवा प्रारम्भ गर्न के के आवश्यक छ ? हामी विज्ञसँग सल्लाहमा छौँ”, शर्मा भन्नुहुन्छ, “यथासक्य चाँडो स्रोतसाधन जुटाएर सेवा प्रारम्भ गरिने छ ।” यसैबीच बर्दिवस नगरपालिकाका प्रमुख प्रल्हाद क्षत्रीले पनि जनस्वास्थ्य सरोकारका विषय प्राथमिकतामा रहेको बताउनुभएको छ । “हामीसँग भेन्टिलेटर थिएनन् । अब त्यो प्रबन्ध भएको छ”, क्षत्री भन्नुहुन्छ, “अब यो सेवा सञ्चालनका लागि अन्य आवश्यक चाँजो मिलाइन पर्छ, स्थानीय तहले कति गर्नसक्छ त्यो गरिने छ र प्रादेशिक र सङ्घीय सरकारसँग पनि समन्वय गरिन्छ ।” —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा गौँथली र ठूलेको अचानक इन्ट्री, हलभित्र दर्शक सरप्राइज!

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology