Rato Samachar
Mon, 26 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत

वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे । जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौँ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ । यस्तै सिल्लेगडा–कटौजपानी, सतबाँझ–सुर्नया, अनारखोली–कैलपाल, सदरमुकाम–सेरा, खोचलेक–सित्तड, रिमलगायत सडकमा सवारीसाधन चलाउन निकै समस्या छ । ग्रामीण सडक सुधार हुन नसक्दा वर्षात्को समयमा जोखिम मोलेर पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका– ८ का लोकेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“नियमितरुपमा गाडी सञ्चालन हुदैनन्, यसले ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।” यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक हिलाम्ये हुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ भएको छ । ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा जीप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय लालबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयोे,“सडक हिलाम्ये हुँदा गाडी फस्ने र यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था छ यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।” ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखिए पनि स्तरोन्नति सुस्तगतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ । सडकभर पहिरो, हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सम्बद्ध चालकले बताए । कच्ची सडकमा ठूलाठूला खाल्डाखुल्डी र ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको जीप चालक वीरेन्द्र महताले बताउनुभयो । वर्षात्को समयमा ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको हो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

2

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

3

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

4

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब
5

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता
6

Innovative Gameplay-Designs: Der Weg zu immersiven Gaming-Erlebnissen

7

काँग्रेसको पार्टी सभापति हुँदै गगनकुमार थापा भोलिको प्रधानमन्त्री बन्ने छन् : “महालक्ष्मी डीना”

रातो समाचार संवाददाता
8

गीतकार खरेललाई एक लाख राशीको विजुलीमाया वनःश्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार

रातो समाचार संवाददाता
9

तेस्रो बागमती प्रदेश युवा सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सकियो

10

हेटौंडा – १२ उपनिर्वाचन : ८ हजार मतदातामा ६८ प्रतिशत खस्यो मत



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology