बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।

आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा भइरहेको  मतगणनामा  ४३३७० मत गणना  गर्दा नतिजामा गठबन्धनको अग्रता रहेको छ।
परिणाम
४३३७० मत गणना गर्दा
मेयर
नेकपा एमाले १२३३५
गठबन्धन १३३५८
राप्रपा १२५८५
उपमेयर
नेकपा एमाले १३८७४
गठबन्धन १९४५१
हलो ३१५३
हाल हेटौंडा– ४,५, ६,७,१४,१५,नम्बर वडाको मतगणना भइरहेको छ । कांग्रेसका १ , २ नम्बर वडामा सविन न्यौपाने, विष्णु गोपाल महर्जन, १९ मा एमालेका नरनाध अधिकारी, १८ मा एमालेका अनिल बानियाँ र हेटौंडा ३ मा कांग्रेसका ढलक बहादुर थापा विजयी भैसकेका छन् ।
केही बेर अघिपनि वडा नं १६ को वडाध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण कोइराला र १७ मा नेपाली काँग्रेसका उद्धव सत्याल बिजयी भएका छन् ।

सम्पन्न  निर्वाचनको मत गणना जारी छ।