हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार लिग चरणको अन्तिम ३ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो । प्रतियोगितामा सहभागी ६ क्लबहरुले लिगको खेलहरुमा अपराजित यात्रा कायम राख्न नसकेपछि शुक्रबारको अन्तिम खेलबाट फाइनल पुग्ने २ टिमको टुंगो लागिएको थियो ।
अब भोलि शनिबार हुने फाइनल खेलमा कमाने राइडर्स र कमाने एक्सपर्ट भिजन–११ बीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् । लिगको ५ खेल खेलेर ४ जीत निकाल्दै लिगको विजेता बन्दै कमाने एक्सपर्ट भिजनले फाइनलको यात्रा पुरा गरेको हो भने लिगको ५ खेल खेलेर ४ जीत निकालेको कमाने राइडर्स लिगको उपविजेता बन्दै फाइनलको यात्रा पुरा गरेको हो । लिगको खेलहरुमा समान ४ जीत निकालेको कमाने राइडर्स नेटरन रेटको आधारमा उपविजेता बनेको हो ।

लिगको ५ खेल खेल्दै एउटा खेलमा पनि जीत निकाल्न नसकेको कमाने रोयल्स अंक बिहीन हुँदै तालिकाको पुच्छारमा रहेको प्रतियोगिताबा बाहिरिएको हो भने लिगको ५ खेल खेलेर एक जीत मात्र निकाल्न सकेको कमाने थर्डआई जापान तालिकाको पाँचौं स्थानमा रहँदै २ अंक मात्र जोडेर प्रतियोगिताबाट बाहिरिएको हो । लिगको अन्तिम खेलमा कमाने थर्डआई जापानलाई पराजित गरेपनि कमाने इप्लानेट ब्लास्टरले फाइनलको यात्रा पूरा गर्न भने सकेन । लिगको ५ खेल खेलेर २ जीत मात्र निकाल्न सकेको कमाने इप्लानेट ब्लास्टर ४ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य प्रयोजनमा सुरु भएको प्रतियोगिताको विधागत उत्कृष्ट तर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी