अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा यसै महिनामा हुने भएको छ । एन्फाको चैत १५ गते हुने भएको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले चैत १५ गते विशेष साधारण सभा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यसअघि विशेष साधारण सभा फाल्गुन ८ गतेलाई तय गरिएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाएर साधारण सभा स्थगित गरेको थियो । बैठकले एन्फाको आगामी जेठ १५ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका समेत अनुमोदन गरेको छ ।
बैठकले बैशाख १ देखि १० गतेसम्म जिल्ला संघको निर्वाचन गर्ने, नेपाल सुपर लिग (एनएसएल) को बारेमा एन्फा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने र एनएसएलको विरोध गर्दै आएका चार वटा ‘ए’ डिभिजन क्लबसँग छलफल गर्ने निर्णय गरेको पनि एन्फाले जनाएको छ ।यो समाचार गोरखापत्र बाट साभार गरिएके हो



















प्रतिक्रिया दिनुहोस्