रोशन दिप – नेपाली फिल्मबीचको भिडन्तबाट नै यस वर्षको सुरुवात भएको थियो । बैशाख १ गते ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भएका थिए । यो भिडन्तमा ‘जारी’ व्यापार र प्रतिक्रिया दुवैमा अब्बल निस्कियो ।
एक हप्ता सलमान खानको फिल्मलाई छाडेपछि फेरि यो हप्ताको बैशाख १५ शुक्रबारबाट एनएस सिनेमा हल हेटौडामा २ नेपाली फिल्म ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् ।
‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’लाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ । किनकि, दुवै हिट फिल्मका श्रृंखला हुन् । र, फेरि पनि व्यावसायिक सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती छ ।
विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ ।आशिर्वाद क्षेत्रीको यो डेब्यू फिल्म हो । ‘नाइँ नभन्नू ल’ सिरिजका पर्याय बनेका अनुभव रेग्मी यसमा केमियो भूमिकामा छन् ।
त्यस्तै, सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु छ । पात्र मात्र परिवर्तन छन् । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले उम्दा प्रतिक्रिया पाएको थियो । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।
यी २ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्