युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आफ्नो तेस्रो खेल आज पपुवा न्युगिनीसँग खेल्दैछ।खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।

पपुवा न्यूगिनीलाई हराउँदै आजको खेलबाट आफ्नो लयमा फर्कने लक्ष्य नेपालकाे छ। लिग टुृ मा नेपालको अपराजित यात्रालाई बिहीबार युएईले ब्रेक लगाएको थियो।  नेपालको ब्याटिङ चल्न नसक्दा युएईसँग ६८ रनले पराजित भयो।

नेपालले यही शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो।

नागरिक न्युजबाट साभार छ ।