नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गर्ने प्रति नेपाल प्रहरीले चासो राखेको छ ।

अभिनेता र गायिकाको विषयमा जोडेर केही समयदेखि नकारात्मक असर पर्नेगरि सामाजिक सञ्जालहरुमा भिडियो, तस्बिर र विचार सार्वजनिक भइरहेका छन् ।

यसै विषयमा केन्द्रित रहेर भइरहेका गतिबिधिले असर पर्ने देखिएपछि प्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको हो ।

यस्ता क्रियाकलापले मानबिय गोपनीयता भंग भई अधिकारको हनन् भइरहेकोमा गतिविधि रोक्न प्रति चासो राखेको हो ।

साइबर व्यूरोका ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति जारी गर्दै  यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने भएको  कारबाही गर्ने जनाएको हो ।

 

 

 

 

 

 

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध
विगत केही समयदेखी बिभिन्न व्यक्ति तथा समुहले प्रविधिको दुरुपयोग गरी YouTube, TikTok लगायतका सामाजिक संजालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्धेश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुऱ्याउने, पिडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधी नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ।