हेटौंडा उपमहानगरपालिकास्तरीय अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगितामा हेटौंडा–१५ विजयी भएको छ ।
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्धारा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेल अन्तरगर्त हेटौँडा–१८ र १५ विचको फाइनल भिडन्तमा सडन डेथमा हेटौंडा–१५ ले उपाधि हात पारेको हो ।
हेटौंडा–१५ उपाधी संगै एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने हेटौंडा–१८ उपविजेता हुँदै
टिमले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधी हात पार्न चलेको खेलको भिडन्तमा निर्धारित समयमा दुबै पक्षले गोल गर्न नसकेर बराबरीमा खेल सकिएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा–१५ का खेलाडी विकास थिङको प्रहार गोलमा परिणत भएर –१५ ले उपाधि हात पारेको हो ।
प्रतियोगिताका लागि हेटौँडा–१८ का अभिराज थापा मगर को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी हात पार्न सफल भए ।
प्रतियोगिताका लागि –१५ का उज्जव वाईबा उत्कृष्ट प्रशिक्षक हेटौंडा–१५ बाटै उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित भए ।
हेटौंडा –१८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर घोषित भए । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा तथा कार्यवाहक नगरप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा खेल सम्पन्न भएको हो।
समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।






















प्रतिक्रिया दिनुहोस्