पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार अठ हजार ३४१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा चार सय जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण
मन्त्रालयका अनुसार २४ घण्टा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो