एथ्लेटिक्सतर्फ पहिला दौड पूरा गर्दै एक खेलाडी ।

हेटौंडा । काठमाडौं महानगरपालिकामा जारी १५ औं संस्करणको केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ । केन्द्रीय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो दिनको खेलहरु सम्पन्न हुँदा सम्म बागमती पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । बिहीबारको खेलहरु सम्पन्न हुँदा सम्म बागमतीले १७ वटा स्वर्ण, ३ वटा रजत र ६ वटा काँस्यपदक गरी २६ पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेपा) ले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

८ वटा स्वर्ण, १० वटा रजत र ५ वटा काँस्यगरी २३ वटा पदक प्राप्त गरेको सुदूरपश्चिम प्रदेश तालिकाको दोस्रो स्थानमा रहेको छ भने ३ वटा स्वर्ण, ६ रजत र ९ वटा काँस्यगरी १९ वटा पदक प्राप्त गरेको गण्डकी प्रदेश तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश तालिकाको चौथा, लुम्बिनी पाँचौ, मधेश छैठौं र कोशी तालिकाको पुच्छारमा रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी