हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३,स्थिततिनताप्केबाट अजिंगर सर्पको उद्दार गरिएको छ । बिहीबार अजिंगर सर्प आएको खबर स्थानीय वासिन्दाहरुले दिएपछि मकवानपुरका सर्प उद्दारकर्ता राजेश थापा (गरिब) र रोशन थापा (दीपल)ले घटनास्थलमै पुगेर सर्पको सकुशल उद्दार गरेका हुन् । करिब डेड घण्टाको संघर्षपछि सफलतापूर्वक अजिंगर सर्पको सफला पूर्व तरिकाले उद्दार गर्न सफल भएका हुन् । सर्प उद्दारकर्ता राजेश थापा गरिब र रोशन थापा दीपले सर्प उद्दार पछि डिभिजन वन कार्यालय मकवानपुरलाई पनि खबर गरेको बताएका छन् । करिब ८ देखि १० फिट र ८ किलो तौल भएको उक्त अजिंगर सर्पलाई सव डिभिजन वन कार्यालय वसमाडीसँगको समन्वयमा उद्दार गरेको वन अधिकृत रोहित खतिवडाले बताएका छन् ।

तिनताप्केको उक्त स्थानमा सर्प देखिएपछि करिब २० जनाको हाराहारीमा स्थानीय वासिन्दाहरु तथा अन्य व्यक्तित्वहरुको भीड लागेको थियो । यस अघि पनि हेटौंडा–३ को उक्त स्थानबाट २ पटक अजिंगर भेटिएको उनले बताए । वन अधिकृत रोहित खतिवडाका अनुसार कार्यालयबाट ६ जना कर्मचारी र उद्दारकर्ता २ जनागरी ८ जना मिलेर उद्दार गरिएको उक्त अजिंगर सर्पलाई सुरक्षित वास स्थानमा छोडिएको उनले बताए । सर्प उद्दार गरिएको उक्त स्थान निकुञ्ज क्षेत्रको मध्य वर्गमा पर्ने उनले बताए । यस। अघि पनि हेटौंडाको विभिन्न स्थानबाट ३ पटक अजिंगर सर्प भेटिएको थियो ।

करिब डेढ महिना पहिले अजिंगर उद्दार गरिएको स्थानमा बाघ आएको भन्ने खबर फैलिएपछि हामीले त्यहाँ निरीक्षण गर्न पुगेका थियौं,, तर खुट्टाको पाहिलोको परीक्षणले चितुवाको अनुमान गरिएको थियो । उनले भने । विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्ने होइन, उद्दार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास गर्न आवश्यक रहेको उद्दारकर्ता राजेशको भनाइ छ । सर्पहरूले वातावरण सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेको र खाद्य श्रृंखलामा महत्वपूर्ण स्थान ओगटेको उद्दारकर्ता रोशनले बताए ।

अविषालु प्रजातिको अत्यन्त बलियो अजिंगर सर्प ३–४ मिटर, कहिलेकाहीँ ५ मिटरभन्दा बढी र ३० देखि ६० किजो तौलको हुने गरेको छ । पाइथन प्रायः जंगल, घाँसे मैदान, नदी–तालको किनार, दलदल र खेतीयोग्य क्षेत्र नजिक पाइने गरिएको छ । हरिण, बाख्रा, सुँगुर कुकुर, बिरालो, चराचुरुङ्गी जस्ता सिकारलाई शरीरले बेरेर निचोरेर मार्छ र पूरै निल्ने गरेको छ । नेपालमा यो सर्प विशेषगरी तराई र चुरे क्षेत्र मा पाइन्छ ।
मकवानपुर जिल्लामा किङ कोब्राका अतिरिक्त मोनोस्लेड कोब्रा, स्पेक्टिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रीन पिट भाइपर र रेडनेक किलब्याकजस्ता विषालु सर्पहरू उद्दार गरेको उनले बताए । सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् । त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट र्फ्लाइङ स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् । केहि अविषालु सर्पहरु जस्तैः कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक पनि भेटिने गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्