हेटौंडा उपमहानगरका वडाहरु ‘बालबालिकामा लगानी शुनिश्चित भविस्य्को थालनी’ भन्ने मुल नाराका साथ बालमैत्री वडा घोषणा क्रमसः भइरहेको छ ।
यसैक्रममा वडा नम्बर–१६ शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
हेटौंडा–१६, नम्बर वडाअध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिएको हो ।
मेयर लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा प्रतिबद्धता पत्र हस्तक्षर गर्दै उपमहानगरले अभियानको रुपमा सुरु गरिएको बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँ, उपमहानगरका प्रवक्ता सविन न्यौपाने, बिभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधी, सरोकारवाला, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
……………………….
हेटौंडा – १६ कसरी बन्यो बालमैत्री वडा ?
प्रतिक्रिया दिनुहोस्