हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-११,स्थितथानाभर्‍याङ बस्ने ३६ वर्षीयवकुमार सिंह गोले रहेका छ्न् ।
बिहीबार अन्दाजी ११ बजेर ३० मिनेटको समयमा भीमफेदी गाउँपालिका वडा नम्बर-१, बागझोरास्थित हेटौंडा भैँसै सडकखण्डमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.९४ प ८०८६ नम्बरको मोटसाइकलको सुरक्षा जाँच गरेर चालक गोलेको समेत खानतलासी गर्दा निजले झोला भित्र लुकाएर ल्याएको अवस्थामा ६ किलो ८२० ग्राम लागू औषध गाँजा फेला परेको थियो।
लागू औषध.तथा मोटरसाइकल सहित गरेर गोलेलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ला.औ.कसुर मुद्धामा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले जानकारी दिएको छ ।