बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा खानेपानी कार्यलयमा बेथिति र अनिमियता रहेको विषयमा आएको गुनासो मध्यनजर गरियोस भन्दै सत्यतथ्यको जानकारीको माग गरिएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा बेथिति र अनिमियताका विषयमा सामाजिक जानकारीका लागि भन्दै लिखितम रुपमा ४ वटा शिर्षकमा सूचनाको हक अनुसार सूचना माग गरेको हो ।
मंगलबार रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतको नेतृत्वमा बास्तबिक जानकारी सुचना माग गरेको पत्र सहित पुगेका हुन् ।
महत र हेटौंडा नगर उप सभापति सपना कँडेल, सदस्य हरि बहादुर कुँवर, नगर सल्लाहकार दामोदर दाहल,महेन्द्र श्रेष्ठ, ४ नं. सभापति रामहरी प्रसाई, ६ नं. नगर सदस्य रामप्रसाद न्यौपाने को संयुक्त हस्तार सहितको पत्र पेश गर्दै सूचना माग गरेका हुन् ।
पटक पटक आमएको गुनासाहरु कर्मचारी भर्ना प्रक्रिया बिना राजनितिक पहुचमा हुने,बढुवा प्रक्रिया बिना योग्यताका आफ्ना अनुकुलता ब्यक्ति नाताबादमा कर्मचारी नियुक्त गरिएको भन्दै जनताको गुनासाको आएकाले आमजनतालाई जानकारी गराउन सूचना माग गरिएको संगठन विभाग प्रमुख बिशालराज महतले बताए ।
उनले भने “जानकारीको लागि हामीले संविधानको धार २७ को सूचनाको हक सम्बन्धि एन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग गरेका छौ। हामी कोहि कसै प्रती आग्रहि र पुर्वाग्रहि छैनौं हामी बेथितिको अन्त चाहन्छौ।”















प्रतिक्रिया दिनुहोस्