बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा ३ दिने लेखा व्यवस्थापन तालिम शुरूवात गरिएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका को आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा वडा नं ३ र १९ मा रहेका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको उक्त तालिम शुरूवात गरिएको हो ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुबेढीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू लगायतले मन्तव्य राखेका थिए ।
समितिका उपमहासचिव देवकुमार श्रेष्ठले संयोजन कार्यक्रममा समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठले सहजिकरण गर्नुहुनेछ ।
कार्यक्रममा नगर सदस्यहरू ठिसाङ लामा, अन्जु पन्डित, लोकेन्द्र सुर्खेति, श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा १९ का अध्यक्ष देवेन्द्र अर्याल, वडा समन्वय समितिका अध्यक्ष रोशन गोले लगायतको उपस्थिति रहेको थियो ।
























प्रतिक्रिया दिनुहोस्