बागमती प्रदेशको राजधानी हेटौंडामा पञ्चबर्षीय बिराट महायज्ञ आजदेखि सुरु भएको छ ।

प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञ नयाँ बर्ष शुभकामना सहित हेटौंडा स्थित राप्तीतको छेउमै रहेको गोरक्षेश्वर धाममा आजबाट सुरु भएको हो ।

महायज्ञ अन्तर्गत महायज्ञ २०६० , २०६५ , २०७०, २०७५ हुँदै वैशाख २० गते बुधाबार पाँचौं संस्करण अन्तरगर्त महायज्ञ २०८० सुरु भएको हो । वैशाख २० गते बिहान ७ बजे गोरक्षेश्वर धामबाट शङ्ख, घण्ट , खैजडी भजन , डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा भएको हो ।

यसवर्ष नारीहरुलाई एकै प्रकारको साडी वितरण गर्ने आयोजकको योजना अनुसारनै करिब २५ हजार अधिक नारीहरु एकै खाले साडि पहिरिएर कलश यात्रामा सहभागी भएका थिए ।

२६ गतेसम्म चल्ने बिराट महायज्ञको आयोजना लिने भन्दा पनि दिने महायज्ञ भएको महायज्ञ २०८० श्री गोरेक्षेश्वर विकास समितिका अध्यक्ष एवं संरक्षक अजयराज सुमार्गीले बताए ।

उनले लोपोन्मुख हुँदै गएको धर्म संस्कृति र परम्परा जोगाउन महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने विश्वास रहेको बताएका हुन् । गोरक्षेश्वर मन्दिर राप्ती तटमा आयोजित महायज्ञमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।