खेलकुद तथा व्यापार महोत्सवको बारेमा जानकारी गराउन अयोजना गरिएको पत्रकार सम्मेलन ।

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो बृह्त खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव माघ २८ गतेबाट हुने भएको छ । हेटौंडा–१०,स्थित टिसीएन चौरमा माघ २८ गतेबाट फागुन १२ गते सम्म वृह्त खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले खेलकुद तथा व्यापार महोत्सवको बारेमा जानकारी गराएका छन् । महोत्सवको पहिलो दिन कार्यक्रमको उद्धाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् भने समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नेछिन् ।

खेलाडीहरुलाई व्यवसायी खेल जीवनबाटै सुरक्षित जीवनयापन गर्न सकिने वातावरणको सिर्जना गर्ने, खेलाडीहरु विदेश पलायन भएको कुरालाई मध्यनजर गरेर पलायनलाई रोक्नका लागि र खेल, पर्यटन र व्यवसायीलाई एउटै कडीमा चिनाउन सक्ने दक्ष खेलाडीको उत्पादन गर्नका लागि महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष राजकुमार मोक्तानले बताए । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, जिल्लास्तरीय व्याड्मन्ट्नि, जिल्लास्तरीय कराँते प्रतियोगिता, २२ किलोमिटरको दौड लगायतका प्रतियोगिता हुनेछ । यस्तै, १० जना खेलाडीहरुलाई जनही २५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिने छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विजेता र उपविजेताले ४ लाख रुपैयाँ र २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने दुई टिमले ५०÷५० हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गर्नेछन् । पुरुष भलिबल प्रतियोगिताको उपाधि र उपविजेताले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कराँतेको विजेता टिमले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गर्नेछन् । २२ किलो मिटर दौडको विजेताले पनि कराँतेको विजेताले पाउनेनै रकम प्राप्त गर्नेछन् ।

हेटौंडा भित्रको सडक विस्तारको क्रममा बिस्तापित भएका व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले लिएको उनले बताए । महोत्सवमा करिब ४ सय वटा व्यवसायीक स्टलहरु रहने उनले बताए । उनका अनुसार एउटा स्टलका व्यवसायीहरुसँग करिब २५ हजार रुपैयाँ लिइने उनले बताए । महोत्सवमा प्रवेश गर्न लागि दर्शकहरुसँग १ सय रुपैयाँको टिकट शूल्क लिइने उनले बताए । जेनजी आन्दोलनको क्रममा क्षति पुगेको मकवानपुर जिल्ला खेलकुदको भवन निर्माण र नष्ट भएको खेल सामाग्री खरिद गर्नका लागि महोत्वबाट आम्दानी भएको रकमको प्रयोग गरिने उनको भनाई छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी