हेटौंडा । दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेमीफाइनल प्रवेशका लागि बिहीबार मकवानपुरको मनहरीको गाउँपालिकाको सिम्पानी युथ क्लब र लामा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा–१,स्थित सिमरा खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत मंगलबारको खेल सम्पन्न भएसँगै सिम्पानी युथ क्लब र लामा स्पोर्टस् क्लबबीच हुने भिडन्तको टुङ्गो लागेको हो ।
सोमबार भएको खेलमा जय मनकामना युथ क्लबलाई १–० गोलले हराउँदै सिम्पानी युथ क्लबले क्वार्टरफाइनलको स्थान सुरक्षित गरेको थियो भने मंगलबार भएको खेलमा वाइजेसी लोथरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै लामा स्पोर्टस् क्लबले क्वार्टरफाइनलको स्थान सुरक्षित गरेको थियो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरमा पुगेको थियो । खेलको क्रममा अध्याधिक रात परेको कारणले दुबै टिमका खेलाडीले अन्दाजी तरिकाले पोष्टमा बल प्रहार गरेका थिए । यद्यपी बल प्रहारको क्रममा गोल प्रहार गर्ने खेलाडी र गोलरक्षक दुबैलाई समस्या परेको त्यहाँको दर्शकहरुले पनि मूल्याङ्कन गरेका थिए ।
बुधबार भएको पहिलो चरणको खेलमा एमजेसी फिल्म स्टुडियोलाई ४–२ गोलले हराउँदै सिम्पानी वाइसीले विजयी सुरुवात गरेको थियो । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ । राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको प्रयोजनमा तथा हासु कन्सटे्रनसीको प्रयोजनमा भदौ ३१ गतेबाट प्रतियोगिता सुरु भएको बताइएको छ ।
राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको प्रयोजनमा तथा हासु कन्सटे्रनसीको प्रयोजनमा भदौ ३१ गतेबाट प्रतियोगिता सुरु भएको बताइएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज १२ गते हुनेछ ।


































प्रतिक्रिया दिनुहोस्