नेपालमा २०७९ स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा नेतृत्वकालागि बिभिन्न राजनितिदल र स्वतन्त्र तर्फबाट उम्मेदवार बन्नेहरु आए ।
नेतृत्व गर्नकालागि उम्मेदवारी टिकट प्राप्त गर्न राजनिति दलमा आवद्ध रहेका व्यक्तीहरु निकै दौडधुपमा व्यस्त रहे ।

बैसाख ३० गते निर्वाचन सम्पन्न गर्न निर्देशन भएपछि त चुनावी मैदानमा होमिने रणनिति अपनाउदै पदकालागि टिकट लिन तछाड मछाडै भयो ।

यसै विच जनताको काम गर्ने भन्दै स्वतन्त्र उम्मेदवार पनि बने ।
यही मध्य स्वतन्त्र उम्मेदवार बनेकाहरुमा अहिले काठमाण्डौं महानगरमा बालेन्द्र साह र धरान उपमहानगरमा हर्कराज राई साम्पाङ र धनगढीमा गोपाल हमाल निकै चर्चामा छन् ।
बिभिन्न रापनिति देखि ठुलादलहरु बिच प्रतिस्पर्धी बनेर स्वतन्त्रबाट जित हासिल गरेपछि यो नामहरु चर्चाको विषय बनेको हो ।
काठमाण्डौं महानगरको मेयरमा बालेन्द्र साह धरान उपमहानगरमा हर्कराज राई साम्पाङ र धनगढीमा गोपाल हमाल।
विजयी घोषणा भएपछि त झनै अहिले जनताले पार्टीभन्दा पर गएर जनप्रतिनिध ल्याएको उल्लेख गरिएको छ ।जित पछि जुलुस र्याली गरेर कसैलाई हारको अनुभुत नगराई धन्यवाद र्याली गर्न निर्वाचित बालेन्द्रबाट भइको अनुरोध अनुसार युवाहरु खुसी मनाइरहेका छन् भने  हेटौंडा उपमहानगरमा पनि धन्यवाद र्याली गरिएको छ ।
समाज सेवा र देशको लागि सोच्नको लागि कुनै पार्टिको पछी लाग्नु पर्दैन भन्ने सन्देश दिन पार्टीलाई नरोजेर सवतन्त्र व्यक्तीलाई अमुल्य मत दिएका मतदाताहरुलाइ धन्यवाद दिनको लागि आयोजना गरिएको कैलाश ढकालले बताए ।
कुनै समुह पार्टी र व्यक्तीले नभई स्वतन्त्र नागरिक, हेटौंडाको आयोजनामा गरिएको बताएका हुन्।

सोही क्रममा युवाहरुले बुद्धचोकमा रहेको नेपालको झण्डा पुरानो भएका कारण सो स्थानमा नयां झण्डा राखेका थिए ।