Rato Samachar
Tue, 13 May, 2025
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

हराउँदैछ माछा मार्ने जाल बुन्ने सीप

शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका ६० वर्षीय चमरु राना युवा अवस्था देखिनै माछा मार्ने जाल बुन्दै आउनुभएको छ । जाल बुन्ने सीप रानाले बुबा बाजेबाट सिक्नु भएको हो । गाउँमा उहाँ मात्रै जाल बुन्ने एक्लो हुनुहुन्छ । पूर्खौदेखि माछा मार्ने जाल बुन्ने सीप हराउँदै गएकोमा उहाँ निकै चिन्तित हुनुहुन्छ । “युवालाई जाल बुन्न सिकाउने इच्छा छ”, उहाँले भन्नुभयो, “सिक्नका लागि युवा कोही इच्छुक छैनन् । पूर्खौदेखिको सीप हराउन थालेको छ । यसमा कसैको चासो छैन ।” बूढापाकाको ढल्किँदो उमेरसँगै जाल बुन्ने सीपसमेत ओझेलमा पर्न थालेको उहाँ बताउनुहुन्छ । बजारमा भारतबाट आयात गरिएका बनिबनाई जाल पाउन थालेपछि युवाहरु जाल बुन्ने सीप सिक्न इच्छुक नहुने गरेका हुन । “जाल बुन्न सजिलो पनि छैन । जालको आकार अनुसार एक जाल बुन्न एकदेखि दुई महिनासम्म लाग्छ”, रानाले भन्नुभयो, “निकै धैर्यतापूर्वक ध्यान केन्द्रित गरेर जाल बुन्नुपर्छ । झन्झटिलो कार्य भनेर युवा पन्छिने गरेका छन् ।” ठूलो माछा मार्नका लागि राना थारु समुदायले रवाहा जाल र साना मझौला माछा मार्नका लगि गुडिया जालको प्रयोग गर्ने गर्दछन् । महिलाले माछा मार्नका लागि ठाँटी जालको प्रयोग गर्ने गर्दछन् । बजारमा पाइने जाल भन्दा घरमै बुनेका जाल बढी टिकाउ र राम्रा हुने भए पनि बुन्ने व्यक्ति थोरै हुँदा परम्परागत माछा मार्ने जालको प्रयोग घट्दै जान थालेको लालसिंह राना बताउनुहुन्छ । “नदी तलाउमा जाल हाने र एक दुई घण्टामा पहिला चार÷पाँच किलो माछा मार्न सकिन्थ्यो । पाँच किलोसम्मको माछा स्थानीय नदीमै जाल थापेर मारेको थियौँ”, उहाँले भन्नुभयो, “हाल नदी तलाउमा विषादीको प्रयोग गरी माछा मार्ने कार्य हुन थालेपछि माछा पाउनै मुस्किल हुने गरेको छ ।” राना थारु समुदायले नदी तलाउबाट मारेर ल्याउने माछा पाहुनाको सत्कारमा र परिवारका लागि खानका लागि मात्रै प्रयोगमा ल्याउने गरेका छन् । माछाको सुकुटी बनाएर खाने चलन समेत यस समुदायमा रहेको छ । “हातैले बुनेका जाल पानीमा फाल्ने वित्तिकै ठिक ठाउँमा बस्ने भएकाले पनि माछा बढी पर्ने गर्दथे”, राना थारु समुदायका बूढापाका भन्नुहुन्छ, “हाल बजारमा पाइने जाल अधिकांश प्लास्टिकको धागोले बुन्ने भएकाले फालेको ठाउँमा ठिकसँग नबस्दा माछा उम्केर जाने भएकाले पनि माछा फस्दैनन् ।” सबैका हात हातमा हुने जाल घरमै बुनिन्थ्यो । रमाइलो गर्दै माछा मारेर घर फर्किने दिन विगत भइसके । हाल बजारमा पाइने जाल बाँसको डण्डीमा बाँधेर माछा मार्न जानेको सङख्या थोरै हुने गरेको छ । उमेर ढल्केका महिला मात्रै माछा मार्ने कार्यलाई निरन्तरता दिँदै आएका छन । “पढेलेखेका महिलाहरुले माछा मार्न छाडिसके । माछा मार्न छाडेसँगै जाल बुन्ने कार्य सिक्ने कुरै भएन”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुरले बुझायो मन्त्रालय र प्रशासनमा ज्ञापनपत्र

तेस्रो प्रदेश युवा सम्मेलन सुरु

भाषा साँकृतिको प्रवद्र्न र सामाजिक क्षेत्रमा वडाको प्राथमिकताः अध्यक्ष सिग्देल

रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पुनः अम्बिका पौडेल

अर्थतन्त्र विकासको कारणले मोबाइल व्यवसायीलाई व्यवस्थित गर्नुपर्छः मन्त्री काफ्ले

आउँदो शनिबारबाट पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख ५० हजार रुपैयाँ

निर्माण व्यवसायी मकवानपुरको साधारण सभा, ऐन कानुन पूर्वाधार, विकासमैत्री छैन्: केन्द्रीय अध्यक्ष सिंह

तेस्रो प्रदेश युवा सम्मेलन भोलिबाट, ७ प्रदेशबाट ३०० बढी युवाको सहभागिता रहने

कानुन व्यवसायी र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

हेटौंडा–१८ मा नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम

लोकप्रिय

1

आउँदो शनिबारबाट पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख ५० हजार रुपैयाँ

2

प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुरले बुझायो मन्त्रालय र प्रशासनमा ज्ञापनपत्र

3

तेस्रो प्रदेश युवा सम्मेलन सुरु

4

रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पुनः अम्बिका पौडेल

5

केशवलाल स्मृति प्रतिष्ठानले पालिकास्तरीय भलिबल प्रतियोगिता गर्दै

6

तेस्रो प्रदेश युवा सम्मेलन भोलिबाट, ७ प्रदेशबाट ३०० बढी युवाको सहभागिता रहने

7

निर्माण व्यवसायी मकवानपुरको साधारण सभा, ऐन कानुन पूर्वाधार, विकासमैत्री छैन्: केन्द्रीय अध्यक्ष सिंह

8

शुक्रबार देखि पिताम्बर, कर्मा र जाट

9

आजदेखी नेपाली चलचित्र ‘भूठान’ र ‘खेल’  प्रर्दशनमा

10

धादिङको त्रिपुरासुन्दरीमा आए प्रमुख प्रशासकिय खतिवडा



भर्खरै

प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुरले बुझायो मन्त्रालय र प्रशासनमा ज्ञापनपत्र

तेस्रो प्रदेश युवा सम्मेलन सुरु

भाषा साँकृतिको प्रवद्र्न र सामाजिक क्षेत्रमा वडाको प्राथमिकताः अध्यक्ष सिग्देल

रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पुनः अम्बिका पौडेल

अर्थतन्त्र विकासको कारणले मोबाइल व्यवसायीलाई व्यवस्थित गर्नुपर्छः मन्त्री काफ्ले

केशवलाल स्मृति प्रतिष्ठानले पालिकास्तरीय भलिबल प्रतियोगिता गर्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2025 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology