रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडी दिप प्रज्वलन गरिएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु मकवानपुरका जिल्ला अध्यक्ष अमृत बर्तौला सहितको टोलीले वि.सं २०७५ साल फागुन १५ गतेका दिन हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको छैठौं स्मृती दिवसमा दिप प्रज्जवलन गरेको हो।

अधिकारी कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत थिए। वि.सं २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गरे सँगै उनले विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै पछि वि.सं २०५६ सालमा उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।