हेटौंडा । मकवानपुरका सुनचाँदी व्यावसायी संघले विरोध प्रदर्शनी गरेका छन् । बिहीबार मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन कुमार शक्यसहित सुनचाँदी व्यावसायी टोलीले हेटौंडा विरोध ¥याली गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गरगहनाको व्यवसायमा गरिएको व्यवस्था विरुद्ध प्रदर्शनी गदै व्यवयसायीहरुले मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । सुनमा लगाएको २% विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाएको १३% भ्याटलाई खारेज गर्न माग गर्दै मकवानपुरका सुनचाँदी व्यावसायीहरुले हेटौंडा नगरको परिक्रम गर्दै मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् ।
विरोध पछि मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाइँदै।

सुनको भन्सारमा ६% कायम गर्न, सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न र विलासिता कर खारेज गर्न माग गरेको संघका अध्यक्ष पवन कुमार शाक्यले बताएका छन् । सुन तथा सुनको गहनाहरुमा लागू गरिएको विलासिता कर र हिरामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) पूनविचार गरी खारेज गर्न, सुनचाँदीको कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहित गर्न छिट्टै ऐन र नियम तथा नीतिहरु निर्माण गर्न,निर्यात ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्थालाई खारेज गर्न माग गरेका छन् ।
विरोध ¥यालीमा नारा लगाउँदै व्यवयसायीहरु ।

कर संरचना परिवर्तन गर्नु पहिले रोजगारी तथा बजारमा पर्ने नकारात्मक प्रभावहरुको अध्ययन नगरी करको दायरा नढाउनका लागि माग राखेका छन् । असार १४ गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशन अनुसार हालसम्म सम्पूर्ण देशभरीको सुनचाँदी पसल बन्दे रहेको अध्यक्ष शाक्यले बताए । व्यवसायीहरुले विरोध गरेपनि गएको वर्ष १० लाखभन्दा माथिका गरगहनामामात्र लागू हुँदै आएको विलासिता करलाई यस वर्षदेखि सीमा नतोकी गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थर जडित गहनामा लागू गरिएको मूल्य वृद्धि प्रति आपत्ती जनाएको छ ।
मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र पढेर सुनाउनुहुँदै सुनचाँदी व्यावयासी संघका महासचिव राजकुमार रसैली ।

नेपालका देवानी संहिता २०७४ ले सुन तथा सुनको गरगहनालाई चल सम्पत्तिको रुपमा परिभाषित गर्दै नगद सरह मान्यता दिएकोले सुन तथा सुनका गरगहना विलासिताको कोटामा नपर्नुपर्ने बताए । सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्ता मा २ प्रतिशतदेखि १३ प्रतिशत सम्मको प्रत्यक्ष आर्थिक भार थप्ने, छिमेकी देशको बजारमा भन्दा अत्याधिक मूल्य वृद्धि भई यसले चोरी पैठारी तथा बवैध कारोबारलाई समेत प्रोत्साहन गर्ने जोखिम रहेको उनले बताए ।
हालको विलासिता करले छिमेकी देश भारतमा भन्दा नेपालको सुनको गरगहनाको मूल्य ४ प्रतिशत अर्थात करिब ८ हजार प्रति तोलाको फरक हुने र हिरा जवाहरातका गहनामा भारतमा बढीमा ४.२५ प्रतिशत (जिंएस टि र अन्य शुल्क सहित) रहेकोमा नेपालमा १३ प्रतिशत भ्याट लागू भए पश्चात मूल्यमा ठूलो अन्तर भई यसले नेपालको तराई क्षेत्रका बजार मात्र प्रभावित नभई सिङ्गो देशकै बजार प्रभावित हुने भई यसले देशको सुनचाँदी बजार धरासायी हुने निश्चित छ–विज्ञप्तीमा उल्लेख गरिएको छ । सुनचाँदी तथा हिरा–पत्थर जडित गहनाको कारोबारमा करको यो नयाँ संरचनाले त्यसमा ठूलो बाघा पु¥याउने, लाखौँ व्यवसायी, कालिगढ र मजदुरको रोजगारी असर पर्ने बताइएको छ ।























प्रतिक्रिया दिनुहोस्