नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुर स्थित मनहरी गाउँ कमिटीको बैठक बिहिबार भएको छ ।

मनहरी गाउँपालिका रजैया स्थित पार्टी कार्यालय बिहिबार बसेको उक्त बैठकले सीता पुलामी मगर ९रेखा० लाई संंसदीय दलको नेता चयन गरेको छ ।

सोहीक्रममा दलको उपनेतामा मनहरी गाउँपालिका इन्चार्ज एवम् मनहरी २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, प्रमुख सचेतकमा वाइसियल प्रदेश कमिटी सदस्य समेत रहनु भएका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा वाइसीएल प्रदेश कमिटी सदस्य समेत रहेका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा र गाउँकमिटी सदस्य रहनु भएका कार्यापालिका सदस्य चतुर सुनार चयन भएक छन्।

निर्वाचित जनप्रतिनिधिबाट संसदीय दलको नेता, उपनेता, सचेतक लगायत सदस्यहरु समेत चयन भएको हो ।