सचेतनामूलक कार्यक्रममा सहभागीहरु ।

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको विद्यालय क्यान्टिन तथा होटल व्यवसायीहरुका लागि सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार खाद्यान्न प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले विद्यालय क्यान्टिन तथा स्थानीय व्यवसायीसँग सम्बन्धीत विषयमा सचेतना कार्यक्रमको आयोजना गरेको हो । खाद्यान्न गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख विमल पोखरेलको सभाध्यक्षमा तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बागमती गाउँपालिका भित्रका विभिन्न विद्यालयका क्यान्टिन सञ्चालक, विद्यालय कार्यालय सहयोगी, किराना तथा होटल व्यवसायीहरुको उल्लेख्य सहभागितामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्य सामग्रीको उत्पादन तथा वितरणका बारेमा विस्तृत जानकारी प्रदान गरिएको अध्यक्ष विमल पोखरेलले बताए । उनका अनुसार कार्यक्रमको मार्फत विद्यालय तथा स्थानीय बजारमा उपलब्ध खाद्य सामग्रीको गुणस्तर अभिवृद्धि, स्वच्छता प्रवद्र्धन तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको विशष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा पन्कज दाहाल, सार्थक घिमिरे सहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी