कार्यक्रमको क्रममा खिचिएको तस्बीर ।

हेटौंडा । रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा अम्बिका पौडेल चयन भएकी छिन्् । शनिबार भएको चौंथो साधारण सभा तथा अधिवेशनले अम्बिाका पौडेललाई पुनः अध्यक्ष पदमा चयन गरेको हो । पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, र कोषाध्यक्षमा सरिता सुवेदी चयन भएकी छिन् । यस्तै, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्बती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला चयन भएका छन् ।

संघकी अध्यक्ष पौडेलको सभाध्यक्षमा तथारोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो । कार्यक्रममा रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ को रोटरी सामुदायिक संघ समितिको सहसंयोजक ईन्द्र नेपाल, रोटरी क्लब हेटौंडाका पूर्व अध्यक्ष सुरेशराज पराजुली, अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रैनियार, सहकोषाध्यक्ष सुदर्शन ढकाल, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ मा १६२ क्लब अन्तरगत १२७ रोटरी सामुदायिक संघ रहेका अध्यक्ष पौडेलले बताइन् ।