राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्।

मंगलबार गृह स्थल हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।

सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाएका हुन् ।

निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सुनुवाइ नगरेपछि पार्टी परित्याग गरेको थापाले बताए ।

राप्रपा पार्टीका होनाहार नेताले ३१ वर्षभन्दा लामो समय राप्रपामा बिताए पश्चायत पार्टी परित्याग गरेरे तरंगित बनाएका छन् ।
राप्रपाका पूर्वअध्यक्ष समेत रहेका थापाले गृहनगर आएर अब सक्रिय राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् ।

राप्रपाको नेतृत्व गरेका थापाले गएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएकै कारण पार्टी नै परित्याग गरेका भने अहिले हलचल मच्चिएको हो ।

मकवानपुर गृहजिल्ला भएका थापा २०४६ मा राप्रपाको बाटोबाट राजनीतिमा प्रवेश गरेर २०४७ मा स्थापित सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको राजनीतिक सचिव पनि बनेका थिए ।

२०५८ सालमा महामन्त्रीको पद सम्माहेर २०६२ पुसदेखि २०७८ मंसिर १५ गते अर्थात १६ वर्षसम्म राप्रपाको अध्यक्ष बनेका थापाले राप्रपाको नेतृत्व सम्हालदै हिन्दुराष्ट्र र राजसस्ंथाको मुद्दा उठाउँदै राप्रपालाई नयाँ शक्तिको रूपमा स्थापित गर्ने दावी गरेका थिए ।

तर आफ्नो कार्यकालमा पार्टीलाई आफ्नै गृहजिल्लामा पनि बलियो बनाउन सफल भएनन् भने मंगलबार उनले गृहजिल्ला हेटौंडामा पार्टी परित्यागको घोषणा गरिरहँदा उनका कार्यकर्ताले जिल्ला र पार्टीलाई केही दिन नसकेको आरोप लगाए ।

२०४३ र २०५१ सालमा मकवानपुर जिल्लाबाट सांसद निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य समेत बनेका थिए।

विभिन्न समयमा १५ पटकभन्दा बढी मन्त्री बनिसकेका थापा हालसम्म ३ पटक निर्वाचनमा पराजित भइसकेका छन् ।