नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य कुमारी मुक्तानले बिगतको समयमा देशका लागि रगतसंग साटेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रमा जनता रहेको बताएकी छिन् ।
बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कार्यक्रमको प्रमुख आतिथी मुक्तानले बुधाबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी हेटौंडा उप महानगरपालिका कमिटीको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
विगतमा देश र जतनाको लागि रगत पसिनासंग साटेर कायम गरेको व्यवस्था भएको तर, बिभिन्न तर्फबाट भ्रम छर्ने काम भइरहेको अवस्था रहेको उल्लेख गर्दै संघियताको रक्षा गर्नुपर्ने बताइन् ।
बुधाबार सम्पन्न दोश्रो समेलनबाट विजन लटौलाको अध्यक्षतामा ३१ सदस्य चयन गरिएको छ। कमिटिको उपाध्यक्षमा प्रचण्ड बैजु, शान्ती थिङ्ग, सचिवमा नविन श्रेष्ठ सहसचिवमा,सुदिप उप्रेती, आयुशा बुढाथोकी ,विकास बोम्जन अरुण बिष्ट र कोषाध्यक्ष मिनेश पुडासैनी चयन भएका हुन् । उक्त कमिटिको सदस्यहरुमा बिजयता फुयाल, स्नेहा सुरखेती, रश्मिना अधिकारी,, प्रसान्त तामाङ, अरसना थापा मगर, मनिसा यादव, अमिसा रंजितकार, रेश्मा शाह,आँचल गुप्ता, डिना गुप्ता, विशाल बिक, युवराज घलान, आरती सुनार, बिन्दु रुम्बा, रञ्जिता मिजार, आयुष ठकुरी, शिवम शर्मा सुशील घिमिरे र अमित सुनार रहेका छन् ।
सम्पन्न कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुको विशिष्ठ अतिथ्यता रहेको कार्यक्रममा मकवानपुर अध्यक्ष सर्केस घलान, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्