
हेटौंडा । नेपाल मोबाइल व्यवसायी महासंघकोे केन्द्रीय साधारण सभा भोलि शुक्रबारबाट सुरु हुँदैछ । हेटौंडा–४,स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार सुरु भएर शनिबार २ दिन सम्म सञ्चालन हुने वार्षिक चौंथो केन्द्रीय साधारण सभाको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गर्नेछन् । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका केन्द्रीय उपाध्यक्ष तथा साधारण सभाका संयोजक छतेन्द्र आचार्यले कार्यक्रममा देशभरका ७ वटा प्रदेशको ६० जिल्लाबाट मोबाइल व्यवसायी सहभागी हुने जानकारी गराएका छन् ।
कार्यक्रममा मोबाइल व्यवसायीमा देखिएका कानुनी समस्या, अवसर र चुनौतीको केन्द्रीय रहने संयोजक आचार्यले बताएका छन् । मोबाइल व्यवसायीमा देखिएका अस्वभाविक प्रतिस्पर्धा र व्यवसायीमा परेका समस्यालाई समाधानको विषयमा छलफल गरिने उनले बताए । हेटौंडाको निको अस्पतालको सहकार्यमा व्यवसायीको स्वाथ्य परीक्षणका लागि निःशुल्क स्वाथ्य शिविर हुने र विभिन्न ११ वटा मोबाइल कम्पनीका स्टलहरु रनले उनले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्