रौतहट । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर-३ बाट उम्मेद्वार बनेकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कि पुनम यादवले रोजगारीलाई पहिलो प्राथमिकता बनाएको बताएकी छिन् । उनले आफ्नो चुनावी एजेन्डामा युवालाई रोजगारी, कलकारखाना स्थापना र सीप विकास तालिमलाई पहिलो प्राथमिकता बनाएको बताएकी छिन् । नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम यादव ले आफ्नो चुनावी एजेन्डामा युवालाई रोजगारी, कलकारखाना स्थापना र सीप विकास तालिमलाई पहिलो प्राथमिकता बनाएकी छन् ।

स्थानीय युवाहरूले विगतमा रोजगार र उद्योगको अवसर नपाएका कारण निराशा व्यक्त गर्दै  पुनम यादवले घरदैलो कार्यक्रम तथा प्रत्यक्ष संवादमा भनिन् ।“अब भाषण र नारा मात्र पर्याप्त छैन। युवालाई अवसर दिने काम गर्नुपर्ने समय आएको छ। कलकारखाना, सीप तालिम र रोजगार सिर्जना मेरो पहिलो जिम्मेवारी हुन्।”
मतदाता बीच यसको सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी युवा वर्ग र महिला मतदातामा उत्साह उच्च रहेको स्थानीय स्रोतहरूले जनाएका छन् ।

स्थानीय विश्लेषकका अनुसार, रौतहट–३ का मतदाताले यसपटक पटक–पटक निर्वाचित भई असन्तोष सिर्जना गरिसकेका नेताहरूको मूल्यांकन गरी, वास्तविक काम देखाउने उम्मेदवारतर्फ आकर्षित हुने संकेत देखाइएको छ ।पुनम यादवको परिणाममुखी एजेन्डा, युवा र महिलासँग प्रत्यक्ष संवाद, र स्पष्ट रोजगारी योजना यस निर्वाचनमा उनको बलियो पक्ष बनेको विश्लेषकहरूले बताएका छन् । रौतहट-३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तीव्र हुँदै गएको छ।

रातो समाचार संवाददाता
थप जानकारी