नवनिर्वाचित पदाधिकारीहरुको सामूहिक तस्वीर ।

हेटौंडा । (नेकपा माओवादी केन्द्र) हेटौंडा उपमहागरपालिका नगर कमिटीको अध्यक्षमा प्रदीप अर्याल निर्वाचित भएका छन् । बुधबार हेटौंडा–४,गर्दोहीस्थित माओवादी पार्टी कर्यालयम भएको दोस्रो नगर कमिटीको बैठकले अर्यालको अध्यक्षतामा ५९ सदस्य समिति सर्वसम्मत चयन गरेको छ ।

नगर कमिटीको उपाध्यक्षमा लवराज ठकुरी, शंकर घिमिरे र सोनी गुरुङ चयन भएका छन् । सचिवमा तारादेवी मुक्तान, सहसचिवमा चमेली माया सिंजाली र कोषाध्यक्षमा गोकुल बैजु चयन भएका छन् । नगर कमिटीको अर्को बैठकले १६ जना थप सदस्य चयन गरेर ७५ सदस्य समिति चयन गर्नेछ ।