सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) मा थप ९७ केन्द्रीय सदस्यको प्रस्ताव आएको छ । सोमबार जारी केन्द्रीय समितिको बैठकबारे जानकारी दिनुहुँदै माओवादी नेता हरिबोल गजुरेलले केन्द्रीय सदस्यमा आइरहेका वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि प्रक्रियामा आइरहेको बताउनुभयो ।

‘अध्यक्षले प्रस्ताव पेश गर्नुभएको छ । यो फाइनल गर्ने र पारित गर्ने काम हुन्छ ।’ उहाँले भन्नुभयो, त्यसपछि विधानमा नयाँ व्यवस्था हुन्छ ।

आठौं महाधिवेशन लगत्तै पदाधिकारी चयन हुनुपर्ने भए पनि सो हुन नसकेको तर, आजको बैठकबाट केन्द्रीय कमिटीले पूर्णता पाउने उहाँको भनाई छ । पोलिटब्यूरो, स्थायी र पदाधिकारी चयन भने अर्को बैठकले टुंगो लगाउने उहाँ बताउनुहुन्छ ।जारी केन्द्रीय समिति बैठक छिटोभन्दा छिटो आजै सक्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो