मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको उत्खनन् तथा विक्री वितरण गर्दा करोडौँ रकम अनियमिता गरेको पाइयो भन्दै शुक्रबार अखबारहव डटकमले समाचार प्रकाशन गर्यो ।

जिल्ला अनुगमन समिति मकवानपुरको निर्णयलाई व्यवस्था गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको पाइएको हो भन्दै प्रकाशित समचारले तरंग ल्याएपछि पत्रकार सम्मेलनको सूचना आयो ।

प्रकाशित गरेको समाचारप्रती आपत्ती जनाउदै जानकारी गराइने भन्दै शनिबार मनहरी ३ स्थित लामिटारमा पालिकाले आयोजना गरेको सम्मेलनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उक्त समाचार बारे बताउने भन्दै पत्रकारहरु बोलाए ।

उक्त सम्मेलनमा  पत्रकारहरु पुगेका थिए ।

पत्रकार सम्मेलनमा सयौको संख्यामा बिभिन्न युवाहरुको भिड देखिएपछि असुरक्षा महसुसका कारण  पत्रकारहरु निस्कने प्रयास गर्दा गेटै बन्द गरेर पत्रकारहरुलाई  बन्धक बनाए ।

सहभागी  पत्रकारले सुरक्षा निकायलाई जानकारी गराएर प्रहरीको सुरक्षाका बिच पत्रकार सम्मेलनको सुरु भएको थियो ।
पत्रकारहरुलाई असुरक्षाको अवस्था सृजना भएपछी जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी पुगेर सुरक्षा दिइएका थिए।

यता पालिका अध्यक्ष कालाखेतीले भने पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको बताए ।

पत्रकार सम्मेलनमा  अध्यक्ष कालाखेती, ८ नम्बर वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सीशाखा प्रमुख डिल्लीराम रेग्मी  १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ लगायत कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण

मकवानपुरकोमनहरी गाउँपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले
ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकाले पत्रकार सम्मेलन भन्दै पत्रकारहरु उपस्थित गराएसंगै पत्रकारहरु माथि भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ े मकवानपुरले ध्यानाकर्षण गराएको हो ।

महासंघका मकवानपुर अध्यक्ष द्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गदै स्थानीय सरकार जस्तो जिम्मेवार निकायले आयोजना गरेको पत्रकार सम्मेलनमा अन्य व्यक्तीहरु प्रवेस गराएर स्वतन्त्र प्रेसमाथि धावा बोलिएको उल्लेख गरिएको छ ।

सम्मेलनमा पत्रकार असुरक्षित अवस्था सिर्जना भएपछि पत्रकारहरुले नै प्रहरी र प्रशासनसंग सुरक्षा माग्नुपर्ने अवस्था पर्नु अतिनै दुखद भएको अध्यक्ष गौतमले बताए ।

पत्रकार सम्मेलनमा बोलाएर पत्रकारमाथि दुर्व्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेसमाथि नै धावा बोल्ने जस्ता
हस्तक्षेपको प्रतिकारमा महासंघ सधैं तयार रहेको बताए ।

……….

प्रेस विज्ञप्ती
उपरोक्त सम्वन्धमा मनहरी गाउँपालिका कार्यालयले २०८० भदौ ३० गते शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकार माथि भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकार जस्तो जिम्मेवार निकायले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेस माथि धावा बोल्नेलगायतका दुर्व्यवहार गर्नुले आममकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको छ । पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको महासंघको ठहर छ । पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारहरुले नै प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनु भन्दा विडम्बा अरु के होला ? त्यसकारण यस घटनाप्रति पालिकाको तर्फबाट पूर्णप्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता तत्काल जाहेरका महासंघ मनहरी गाउँपालिका कार्यालयलाई अनुरोध गर्दछ । कार्यालयले आफ्नै पत्रकार सम्मेलनमा बोलाएर जसरी पत्रकार माथि दुर्व्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेस माथि नै धावा बोल्ने काम गरेको छ यसको महासंघ मकवानपुर घोरभर्त्सना गर्दछ । साथै स्वतन्त्र प्रेस माथिको जुनसुकै प्रकारका हस्तक्षेपको प्रतिकारमा महासंघ सधै तयार रहेको यसै विज्ञप्तीमार्फत् सरोकारवाल निकायलाई जानकारी गराईन्छ ।