११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर अन्तरगर्त बिभिन्न कार्यक्रम गरि मनाईदै छ ।

सन् १९१० को मार्च ८मार्चलाई महिला अधिकार आन्दोलन दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि मनाउन थालिएको हो भने मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौँ शाखाद्धारा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ५ जना नारीहरुलाई सम्मान गरिएको छ ।

एक कार्यक्रको आयोजन गरि युवा व्यवसायी रज्जु  रञ्जितकार, जेष्ठ नागरिक मिना मोक्तान, समाजिक सहयोगी बेबि राजभण्डारी, रिमा सापकोटा र सञ्चारकर्मी कमला जोशीलाई उत्कृष्ट नारीसम्मान गरिएको हो ।

आउदै गरेको नारी दिवस अन्तरगर्त नै बागमती प्रदेश उपसभामुख राधिका तामाङद्धारा सम्मान गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तामाङले नारीको सम्मान नभएसम्म देश समृद्ध नबन्ने भएकाले परिवारबाटै सम्मानको भावना सहित पारिवारिक तथा सामाजिक जीवनमा निर्णय गर्ने अधिकार दिनुपर्ने बताईन् ।

समानताको कुरा जति गरेतापनि अझै पनि बिगट क्षेत्रमा महिलाको बिभिन्न अधिकारभने नपाएको र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र महिलाको सशक्तिकरण सम्भव भएको उनको भनाई छ ।

काठमाडौँ शाखा अध्यक्ष मिना बस्नेतको सभाध्यक्षता उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता संरक्षण केन्द्र केन्द्रिय अध्यक्ष मञ्जु खाँडको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

महासचिव कमला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारी, इन्द्रराज भट्टराई, सोमा खत्रि सञ्चारकर्मी लगायतको  उपस्थिति रहेको थियो ।