
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले वडा स्तरमै पुगेर योजना सम्झौता कामको थालनी गरेको छ ।
बुधबारबाट आर्थिक वर्ष २०८० – ८१को वजेटका लागि लागि गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको सम्झौता वडा स्तरमै गर्न थालिएको जनाएको छ ।
गाउँपालिकामा विकास निर्माणको कामलाई विलम्ब नगरि प्रभावकारी बनाउने उदेश्यले पहिलो चरणमा गाउँपालिकाको ३ वटा वडाहरू १,७,८ मा योजना सम्झौताको कामलाई वडाबाटै गरिने व्यवस्थाको सुरुवात गरेको अध्यक्ष दोर्जे लामा स्याङ्ता नले बताए ।
अध्यक्ष स्याङ्तानले बताए अनुसार बुधबार मकवानपुरगढी गाउपलिकाको वडा नम्बर ८ मा योजना सम्झौताको काम सम्पन्न भएको छ भने बिहिबार मकवानपुरगढी गाउपालिका वडा नम्बर ७ सुकौरा र सुक्रबार वडा नम्बर १ मा योजना सम्झौताको काम गरिने भएको हो ।
योजना सम्झौताका लागि अध्यक्ष सहित, उपाध्यक्ष मानकुमारी नेपाली, प्रशासकीय अधिकृत, प्राविधिक एवं शाखा प्रमुख सहितको कर्मचारीहरुको टोली वडामा खटिएको प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्की सहितको उपस्थिति रहेको थियो।
गाउँपालिकाले वडा स्तरबाट छनोट गरि बजेट विनियोजन गरेका योजनाहरुको सम्झौता वडामै पुगेर गर्न थालेपछि सहज भएको उपभोक्ताहरु बताउँछन ।
८ वटा वडा रहेको यस गाउँपालिकाले २०८० र८१ का लागि करिब २५० योजनाहरु छनोट गरेको र पालिकाले विनियोजन गरेका योजनाहरुको कार्य सम्पन्न समयमै होस भन्ने उदेश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्ने योजना बनाएको प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्