जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा कार्यरत प्रहरी हवल्दार सिता खत्री मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।

सामुदायीक सेवा–उप केन्द्र हेटौंडा–१० बसपार्कमा कार्यरत प्रहरी हवल्दार खत्रीले प्रहरीको जिम्मेवारीलाई लगनशीलता, ईमान्दारिताका साथ काम गरेको भन्दै  मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

सामुदायीक सेवा–उप केन्द्र हेटौंडा–१० बसपार्कमा कार्यरत प्रहरी हवल्दार सिता खत्रीले ललाई फकाई भारत लैजादै गरेको एक बालकलाई शकुशल उद्धार गरी दोषीलाई कानुनी दायरामा ल्याउन सफल भएकी हुन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जनचेतनामुलक कार्यक्रम गरेको, हेटौंडा–४ बाट भागेका एक बालकलाई उद्धार गरी शकुसल परिवारको जिम्मा लगाउन सफल भइन् ।

आम नागरिकको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल हवल्दार खत्रीलाई मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको पत्र सहित जिल्लाभरिबाट मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषण गरिएको हो ।