
नेपाली चलचित्र जगतमा बिल्कुलै फरक चलचित्र ‘बोक्सीको घर’ आज वैशाख १४ गते शुक्रबार देखि प्रर्दशनमा आएको छ ।
काठमाडौंको सिभिल मलको क्यूएफएक्स सिनेमा हलबाट चलिचित्रको ट्रेलर सार्वजिनक भएपछि ‘बोक्सीको घर’को निकै चर्चा चलेको हो।
बालविवाह भएकी एक बालिका, अनि पिपलको रुखलाई प्रयोग गरिएर बोक्सीको आरोप लगाइएकी एक महिला पात्रलाई हेर्दा अन्धविश्वासका कारण समाजले गर्ने शोषण देख्न सकिन्छ । पृष्ठभूमिमा गुञ्जने ध्वनी पिपलको बोट, कालो विरालो, रातो कपडा लगाएकी अभिनेत्री केकीको अभिनयले डर पैदा हुने गरि देखिने दृश्यले भूतिया फिल्म हो की भन्ने धेरैको अनुमान छ ।
चलचित्रमा अभिनेत्री केकीको अभिनयलाई हेर्दा कुनै साउथ फिल्मको भन्दा कम भने देखिदैन । नेपथ्मा ध्वनी लोचन रिजालको , रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
टिजर र जिन्दगीको कथा बोलको गीतले चर्चा बढेको थियो भने गायक प्रकाश सपुतकै शब्द र संगीत प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘बुझिनँ मैले’ गीत आएपछि धमाका मच्चाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक बोक्सीको घर माथि रहेर निर्माण अभिनेत्री केकीले जनाएकी हुन्।
फिल्ममा बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्मातामा छन् ।
सुलक्षण स्वयं केकीको श्रीमानको भूमिकामा छन् भने साथमा अभिनेत्री रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ ।
बुधबार साँझ काठमाडौंमा प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो भने फिल्म हेर्ने भन्दै धेरैले सामाजिक सञ्जालमा समेत प्रशंसागरेका छन् ।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न संपर्क नम्बर 057-520949 मा अग्रिम टिकट बुकिङ्ग समेत गर्न सकिने संयोजक किशोर राज पौडेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्