Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

बीमा दाबी भुक्तानी पाएपछि किसानमा खुसीयाली

  • गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । पचपन्न बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उहाँलाई निकै चिन्तित बनायो ।उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जागर नै म¥यो । टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्नुभएका हजारौँ केराका बिरुवा समेत नष्ट भए तर केराको बीमा गरिएका कारण आज उहाँले ठूलो राहतको महसुस भएको बताउनुभएको भयो । “केराको बीमा गरिएका कारण आज यसै पेसामा जीवित रहने बाटो खुलेको छ । धेरै नभए पनि अलिकति राहत हुने आधार बीमाले दिएको छ ।” टेकेन्द्रले भन्नुभयो, “राम्रो इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा किसानले बीमा दाबी भुक्तानी पाउने रहेछन् भन्ने विश्वाससमेत लागेको छ ।” उहाँले गत माघ महिनामा केराको शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराउनु भएको थियो । जेठ महिनामा केरा खेती नष्ट हुँदा कम्पनीले उहाँलाई रु नौ लाखको बीमा दाबी भुक्तानी गरेको छ । टेकेन्द्रले केराको एउटा बोटको उत्पादन मूल्य रु ६०० हुने भए पनि प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताउनुभएको छ । शिखर इन्स्योरेन्समा बाली बीमा गरेका टीकापुरका अन्य छ किसानले पनि रु १९ लाख ४२ हजार ३६६ भुक्तानी पाएका छन् । सिद्धिविनायक केरा फार्मका सञ्चालक पार्वती जैसीले बीमाको रकम पाएपछि केरा खेती निरन्तर गर्ने आत्मबल बढेको बढेको बताउनुभयो । “कृषि बीमा पहिले पनि गरिन्थ्यो तर क्षति पुग्दा भुक्तानी लिनै कठिन हुने भएकोले त्यसमा लाग्नै छोडेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले प्राप्त भएको बीमा दाबी भुक्तानीले नष्ट भएको खेती विस्तार गर्नका लागि सहयोग पुग्ने भएको छ ।” जिल्ला केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र थारुले यसअघि कतिपय बीमा कम्पनीले बीमा नै नगरिदिने र गरिहाले पनि बैंक प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताउनुभयो । उहाँले सयौंँ किसानलाई केही बीमा कम्पनीले ठगेको गुनासो गर्दै केराको बीमा गर्दा केराको मात्र नगरी त्यहाँका अन्य संरचनालगायतको बीमा गरेर किसानलाई ठगेको उल्लेख गर्नुभयो। “केही व्यवसायी नै बीमा कम्पनीमा लाग्नुभएको छ । उहाँहरु आफ्नो व्यवसायको बीमा अर्कै कम्पनीसँग गर्ने र अरुलाई भने आफू काम गर्ने कम्पनीमा बीमा गर्न प्रेरित गर्दै आएका थिए ।” अध्यक्ष थारुले केरा किसानका लागि बीमा भुक्तानी घाइतेलाई प्राथमिक उपचारजस्तै भएको बताउँदै अधिकांश किसानले बैंकबाट ऋणका लागि मात्रै बीमा गरेकोजस्तो देखिएको बताउनुभयो । बीमा समितिका सुदूरपश्चिम कार्यालय प्रमुख ओमबहादुर अधिकारीले केही कम्पनीका कारण बीमा ग¥यो भने दाबी पाइदैन भन्ने गुनासा आइरहे पनि त्यसलाई निरुत्साहित गर्न किसान आफै लाग्नुपर्ने बताउनुभयो । उहाँले बीमा दाबीलाई कम्पनीले छोटो अवधिमै भुक्तानी दिनुपर्ने बताउँदै चालु वर्षदेखि केरा प्रतिबोट बीमा २४५ रुपियाँ भएको पनि उहाँले जानकारी दिनुभयो । समयमै बीमा दाबी दिन पाएकोमा कम्पनी पनि खुसी रहेको शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रबन्धक डिल्लीराज शर्माले बताउनुभयो । बीमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बीमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गर्नुभयो । केराको पकेट क्षेत्र हावाहुरीले टीकापुरमा बसेिन केरामा ठूलो क्षति गरिरहेको थियो । बीमाबापत रकम पाएको भने यो पहिलो पटक हो । ––––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology