अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ललितपुर, पाटन सब– स्टेसनका प्रमुखले घुस लिएको दाबीसहित कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सब– स्टेसनका प्रमुख सोमप्रसाद पहाडीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिएको आयोगको दाबी छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिजुलीको पोल सार्ने प्रयोजनका लागि घुससहित पक्राउ परेका सोमप्रसाद पहाडीलाई कारबाहीको माग गरी आरोपपत्र दायर गरिएको बताउनुभयो । जीर्ण भएको काठको पोल परिवर्तन गर्न लाग्ने खर्च बेहोर्ने दायित्व विद्युत् प्राधिकरणको रहे पनि पहाडीले सो
कार्यबापत सेवाग्राहीबाट सो रकम लिएको आयोगले ठहर गरेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो