
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले घरेलु मदिराको उत्पादनलाई ब्राण्डिङ गर्न सकिने धारणा राखेका छन् । विभिन्न प्रकारका नियम, ऐन र कानूनको निर्माण गर्दाफेरी धेरै लामो प्रक्रियाहरु हुने गरेको मुख्यमन्त्री लामाले बताएका हुन् । प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा भएको तेस्रो बागमती प्रदेश युवा सम्मेलनमा मंगलबार अन्तिम दिन युवासँग संवाद गर्दै मुख्यमन्त्री लामाले आफ्नै देशमा उत्पादित मदिराको ब्राण्डिङ गर्न सकिने बताए । कान्तिपुर टेलिभिजनका पत्रकार रुपेश श्रेष्ठको सहजीकरण भएको युवा संवादमा युवाहरुबाट संकलित प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री लामाले पहिलाको समयमा सबैले सञ्चालन गरेको उद्योग धन्दालाई प्रवद्र्धन गरेर त्यसलाई अझै परिमार्जन गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
पहिलाको समयमा घरेलु मदिराको सेवन गर्नका लागि मात्र उत्पादन गर्ने गरेकोमा अहिले वर्तमान समयमा अन्य मानिसहरुलाई विक्री गर्नका लागि उत्पादन गर्ने गरेको उनले बताए । आफूहरुले उत्पादन गरेको घरेलु मदिरालाई सरकारले व्याण्ड गर्ने गरेको बताउँदै उनले भने,, सरकारले व्याण्ड गर्नुहुँदैन भन्ने कुरामा म पहिलेदेखिनै यसको विपक्षमा छु ।किनभने हामीले बाहिर विदेशबाट उत्पादन गरेको मदिरालाई ल्याउन तयार छौ तर स्वदेशमै उत्पादन गरेको मदिरालाई विदेशमा आपूर्ती गर्न किन तयार नहुने । नेवार समुदायको मानिसले उत्पादन गर्ने गरेको तीनपानी (ऐला) रक्सिलाई बीबीसीले नम्बर १ मा राखेको उनले बताए ।
उनले यस्तो प्रकारको मदिरालाई ब्राण्डिङ गर्न नसकेको कारणले केन्द्रको सरकारलाई ब्राण्डि गर्न विषयमा दवाब आफू केन्द्रमा हुँदा दिएको बताए । बागमती प्रदेश सरकारले घरेलु मदिराको उत्पादनलाई ब्राण्डिङ गर्ने विषयमा सोच बनाएतापनि केन्द्र सरकारको अनुमोदन विना सो कार्य गर्न नसकिने उनको जीकिर छ । केन्द्रीय सरकारबाट अनुमति प्राप्त नभएको कारणले घरेलुमदिरा उत्पादनको ब्राण्डि गर्न नपाएको उनको भनाई छ । युवासँग संवाद कार्यक्रमको एक दिन पहिला युवाबाट संकलित युवा लक्षित कार्यक्रम सञ्चालनको विषयमा, स्वदेशी रोजगारी श्रृजनाको विषयमा, मदिरालाई गुणस्तर बनाउने विषयमा पत्रकार श्रेष्ठले प्रश्न गरेका थिए ।
युवालाई रोजगारी, उत्पादन र उद्यमशीलताको विषयमा जोड्ने कुरामा प्रदेश सरकार केन्द्रीत भएको धारणा राख्नुभयो । विज्ञान, प्रविधिसँग जोडेर युवा लक्षित काम गर्ने गरेको बताए । उनले सरकारी पेशालाई पेशाको रुपमाभन्दा पनि सेवाको रुपमा मूल्याङ्कन गर्न आवश्यक रहेको कुरालाई मध्यनजर गर्नुपर्ने बताए । नीत र कानूनको सहि तरिकाले निर्माण भएमा व्यवसायी सञ्चालनको विषयमा ज्ञान हुने बताए । युवाहरुले वैदेशिक रोजगारीमा जानुपूर्व सीप सिक्न आवश्यक रहेको जीकिर गरेका थिए । महिलालाई पनि प्राथमिकता दिन खेलकुदको विकास गर्न मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको समेत आयोजना गरेर खेलकुदलाई अग्रह स्थानमा राखेको बताए । क्रिष्टियन रोनाल्डोले फुटबलको माध्यमले आफू चर्चित हुन सफल भएको युवाका लागि खेलकुद लक्षित कार्यक्रम गर्नबाट पछि नपर्ने उनले बताए । युवा लक्षित तथा महिला गृहणी काम गर्नुपर्ने उनको भनाई छ । प्रदेशबाट कार्यन्यनमा नआएको कामको पनि समीक्षा गरिने उनले बताए ।
अघिल्लो वर्षको कार्यक्रमहरुमा कर्मचारी लगनशीलता नभएको कारणले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । तालिम लिएका युवालाई उद्यमी बनाउनका लागि अगाडि बढ्ने कुराको उनले विश्वास दिलाए । सरकारी स्वामिक्त्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आफूले नेतृत्व गर्न पाएमा २ वर्षभित्र नाफामा पु¥याउन सक्ने दावी गरेका हुन् । ८० प्रतिशल बजेटको लागि संघीयसरकारको आश गरेतापनि प्रदेशका २० प्रतिशतको मात्र बजेट भएको उनको भनाई छ । विद्यालयको शिक्षकको तलबको समयमा एकल अधिकार नभएको कारणले स्थानीय तहको सरकालाई अधिकार प्रदान हुने गरेको उनको भनाई छ । प्बजी लगायतको इ–स्पोर्ट गेमका लागि आइटीइमा आउनुपर्ने बताउँदै उनले अनुसन्धान मूलक ढंगबाट अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्