रोशन दिप – मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकोमा बुधबार बिहान नेपला विद्यार्थी संघ (नेविसंघ) बागमती गाउँपालिको अधिवेशन सम्पन्न भएको छ ।

नेविसंघ बागमती गाउँपालिका अध्यक्ष आशिष भ्लोनको सभाध्यक्षता र नेविसंघ मकवानपुरका कार्यवाहक अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अधिवेशनबाट बसन्त घोरसैनीको अध्यक्षतामा ५१ सदस्य नयाँ समिती सर्वसम्मत चयन गरिएको छ। जसमा रोशन गोले उपाध्यक्षा, सरिता स्याङ्तान सचिव, सह–सचिव अमृता दाहाल र किशोर राना, डोल्सानी थोकर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा क्रमशः अनिल राई, अनमोल राई, मन्जु पाख्रिन, मेनुका राई, नविन राई, जमुना घोरासैनी, निबु राई र सुजता राई रहेका छन् ।

नेविसंघ मकवानपुरका सचिव सुनिल भोम्जन, हेटौडा क्याम्पसका अध्यक्ष युवराज विस्वकर्मा, उपाध्यक्ष कुन्दन चौधरी, सदस्य सुरज बोलखे लगायत उपस्थितीमा सम्पन्न भएको हो ।