बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी गराउनुभएको हो ।

बलात्कारसम्बन्धी अभियोगमा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानमा रहेका सांसद बानियाँको पद निलम्बित भएको सभामुख सापकोटाले जानकारी गराउनुभएको हो ।

सभामुख सापकोटाले बानियाँलाई फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको आइतबारको बैठकमा अवगत गराउनुभएको हो । सभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो