एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपाललाई लगातार झट्का लागेको छ।
नेपालले चौथो विकेट पनि गुमाएको छ। २७ रन बनाएर खेलिरहेको कप्तान रोहित पौडेललाई गुमाएको छ। उनलाई वाइस अहमदले आउट गराए। खराब सुरुवात गरेको नेपालले ६४ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। तेस्रो विकेटको रुपमा १९ रन बनाएर खेलिरहेको आशिफ शेखलाई इक्रामुल्लाहले मोहम्मद तनवीरको हातबाट क्याच आउट गराए।
यसअघि नेपालले दोहोरो रन नजोड्दै दुबै ओपनर गुमाएको थियो। दोस्रो विकेटको रुपमा ओपनर भीम सार्की आउट भए। उनले १२ बलको सामना गर्दै मात्र ६ रन जोडे। नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई मात्र २ रन गुमाएको थियो। दुबै ओपनरलाई कतारका मुनावराले आउट गरे।
ताजा अवस्थामा नेपाल ४ विकेट गुमाई ६४ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा सोमपाल कामी र कुशल मल्ल छन्।
नागरिक न्युजबाट साभार गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्