रोशन दिप – हेटौँडा–४ स्थित भुटनदेवी माविको मैदानमा बुधबार चर्चित लोक रक ब्यान्ड ‘नेपथ्य’ को कन्सर्ट हुने भएको छ । माघ २१ गते रमाइलो इभेन्टस् हेटौँडाको आयोजनामा नेपथ्यले लाइभ कन्सर्ट गर्न लागेको हो ।
अमृत गुरुङ नेतृत्वको ३० वर्ष भन्दा बढी समय देखि प्रस्तुती दिँदै आएको नेपथ्य तेस्रो पटक हेटौँडा आउने भएको हो । कन्सर्टमा ८ हजार भन्दा बढी मानिस आउन सक्ने अनुमान गरिएको र
१५ सय रुपैयाँ जेनेरल टिकट र भिआईपी टिकट रकम ४ हजार रुपैयाँ छ ।
आयोजका अनुसार संगीतलाई प्रेम गर्ने व्यक्तिहरु, जेन जी पुस्ताहरु र पहिलेका जेनेरेसनहरुबिचको दुरीलाई हटाएर एकै ठाउमा समेटेर संगीतको माध्यमबाट एकजुट बनाउन कन्सर्ट आयोजना गरिएको हो । कन्सर्टमा ९० लाख रुपैयाँ भन्दा माथी खर्च हुने अनुमान आयोजक पक्षको रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्