
हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न भएको छ । शनिबार हेटौंडा-२,स्थित पल्पसा सदनमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलको सभाध्यक्षमा तथा निर्णाण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यमा २५ औं वार्षिक साधारण सभाको उद्धाटन कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्धाटन गर्नुहुँदै केन्द्रीय अध्यक्ष सिंहले ऐन कानुन पूर्वाधार विकास मैत्री नभएको बताएका छन् । सबै पार्टीमा भएका मानिसले विकास ऐन कानुनलाई विकास तथा पूर्वधारमैत्री बनाउन जरूरी रहेको बताए । प्रतिपक्षीय दलका पदाधिकारीहरूले पनि सो कार्यका लागि सक्रिय सहभागिता जनाउन आवश्यक रहेको बताए । मुल्य वृद्धिको कुरालाई उठाएर मन गर्न जरुरी छ ।
संघका कोषाध्यक्ष अनल श्रेष्ठले साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कोषाध्यक्ष अनल श्रेष्ठले गत वर्षको तुलनामा यसवर्ष आम्दानीमा वृद्धि भएको प्रतिवेदन प्रस्तुत गरेका छन् । यस वर्ष संघमा ८१ लाख ४ हजार ५ सय ५७ रूपैयाँको आम्दानी भएको र गत वर्ष २० लाख ५७ हजार ६ सय ५ रुपैयाँको आम्दानी भएको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
यस्तै, गतवर्ष ५० लाख १३ हजार ६ सय ६२ रुपैयाँको आम्दानी र गत वर्ष १२ लाख १२ हजार ४ सय ९२ रुपैयाँको खर्च भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यस वर्ष ७१ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको दायित्वकोष र गत वर्ष ४७ लाख ६६ हजार १ सय ८७ रुपैयाँको दायित्वकोषको प्रतिवेदन प्रस्तुत गरे ।
साधरण सभामा निर्माण व्यवसायी संघका केन्द्रीय रोशन दहाल केन्द्रीय सदस्य मोहन दहालको उपथिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्