‘हामी अपाङ्गता भएका ब्यक्तिलाई मासिक भत्ता दिने भन्दा पनि उनिहरुलाई उपचार गरेर आफ्नै पौरखमा बाँच्न सक्ने बनाउने र उनीहरुलाई राज्यलाई कर तिर्ने योग्य नागरिक बनाउने अभियानमा छौ ।’ यो भनाई भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको हो ।

भीमफेदी गाउँपालिका वडा नंबर २ भैसैमा अपाङ्गता भएका बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क उपचार शिविरमा बोल्दै अध्यक्ष लामाले भीमफेदीमा अपाङ्गता भएका बालबालिकाहरु अब दुखमा बाच्न नपर्ने समेत घोषँणा गरे । उनले भने ‘ अहिलेका बालबालिका भनेका भोलीका देशका कर्णधार हुन, उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा बालवालिका हुँदाको अवस्थामा ध्यान दिन सकेन भने भालीको कर्णधारहरुलाई अन्याय हुनेछ, तसर्थ हामीले यस्ता ‘फिजिकल्ली डिसेबल’ बालबालिकालाई उपचार गरि शसक्त बनाउने अभियानमा छौ ।’

भैसेमा भएको शिबिरमा उपस्थित भएका अधिकांश बालबालिकाको अभिभावकले भने ‘ हाम्रो लागि भीमफेदी गाउँपालिका भगवान बनेर आएको छ ।’ उनिहरु अधिकांशको मुहारमा अब आफ्ना बालबालिकाको उपचार हुने भाव देखिन्थ्यो । भीमफेदी गाउँपालिका नयाँपुलकी लक्ष्मी घलानले भनिन् ‘ मेरो छोरोको खुट्टामा पहिले पिप बगिरहन्थ्यो, तर गाउँपालिकाले सहयोग गरि उपचार गरिदिएपछि अहिले मेरो छोरोले नयाँ जीवन पाएको छ, हामी निकै खुसी छौ । ’
भीफमेदी गाउँपालिकाले अपाङ्ग वाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाको सहकार्यमा यो वर्षबाट गाउँपालिका भीत्र रहेका १८ वर्षसम्मका बालबालिकाको निशुल्क उपचार ९शल्यक्रिया० गर्ने सम्झौता गरेको छ । यो वर्ष ८ लाख रुपैँयाको सम्झौँता गरेको गाउँपालिकाले आवश्यक परेमा थप खर्च गर्ने समेत गाउँपालिका अध्यक्ष लामाले बताए ।

भीमफेदी गाउँपालिकाले देशकै नमुना काम गरेको बताउँदै अपाङ्ग वाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका सुपरभाईजर रुद्र सापकोटाले यस्ता काम अन्य स्थानीय तहले पनि गर्नुपर्ने बताए । बनेपामा अप्रेसन भएका ९५ प्रतिशत भन्दा धेरै बालबालिकाको सफल उपचार भएको भन्दै उनले आफुहरुले हालसम्म १ हजार बढी बालबालीकाको उपचार पश्चात पुनस्र्थापना गरेको बताए ।
शिबिरमा उपचारको लागि आएका अपाङ्ग वाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका डाक्टर एकराज श्रेष्ठले भीमफेदी गाउँपालिकाले उत्कृष्ट काम गरेको बताए । उनले आफुहरु निकै उत्साहित भएको भन्दै यहाँका बालबालिकाको सफल उपचार गर्नेमा विश्वस्त रहेको बताए । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ३ स्थानमा शिबिर संचालन गर्ने र शल्यक्रिया गर्नुपर्नेहरुलाई बनेपा लगेर उपचार गर्ने जनाएको छ ।

 

समाचार खबर ब्रेक