हेटौंडा / धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अञ्दाजी ६ बजेर ३५ मिनेटको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–८ शिवालय वसोबास गर्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीले घरायसी विवादको कारणले आफ्नै श्रीमती ३० वर्षीया रञ्जना गौतम अधिकारीलाई धारिलो हतियार खुकुरी प्रहार गरेर श्रीमती गौतमको घटना स्थलमै मृत्यु भएको थियो ।
मृत्यु भएको खबर पाउन साथ झापा जिल्लाको इलाका प्रहरी कार्यालय दमक र झिलझिलेबाट खटिएको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी श्रमतीको हत्या गर्ने अधिकारी सहित धारिलो हतियारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्