हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले धन र मन भएका मानिसहरुले सरकारसँग समन्वय गरे १ हजार वटा घर बनाउने लक्ष्य लिएको बताएका छन् । सरकाहरुले धन र मन भएका दुबैसँग सामेल भएर काम गर्न सकेमा १ हजार घर बनाउन आफूले लक्ष्य लिएको मुख्यमन्त्री बानियाँले बताएका हुन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमा नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) बागमती प्रदेश समितिले बुझाएको ज्ञापनपत्र बुझ्‌दै दलित वर्गको बच्चा शारीरिक रुपमा अशक्त भएको एक महिलाको घर बनाउन प्रक्रियालाई अगाडि बढाएको मुख्यमन्त्री बानियाँले बताए ।महिलाको घर निर्माणको कार्य दशैं अघि नै सम्पन्न गरेर

आवश्यक लत्ताकपडा र खाद्यान्नको सामाग्री उपल्बध गराउने बताउँदै आफूले चुनाव जितेको क्षेत्रको २ वटा पालिका घर बनाइदिने उनले बताए । कैलाश गाउँपालिकामा घर उक्त कार्यका लागि घरको पहिचान गरिरहेको उनले बताए । उनले आउने दिनहरुमा सरकारी नीति निर्माण गरेर गरिब र विपन्न परिवारका लागि काम घर बनाउने बताए ।

जनतालाई ठग्ने र माग्ने काम बन्द गरेर जनतालाई न्याय दिनुपर्ने उनले बताए । राजनीतिको मूल धर्मको पालना गरेर गरिखाने वर्गलाई साथ दिने काम गर्नुपर्ने उनको भनाई छ । आफ्‌नो नेतृत्वको सरकारले ज्ञापनपत्रमा लेखिएको मागलाई सक्नेगरी पूरा गर्न प्रयास गर्ने बताए । बागमती प्रदेशको भूगोलमा ६६ वटा निर्वाचन क्षेत्र रहेको बताए । देशभरीमा ३ सय ३० जना समानुपातिकबाट आउने गरेको उनको भनाई छ ।